ट्रम्पको चुनावी मुद्दा बन्यो चीनः भने, ‘कोरोनालाई १९ थरी नाम दिन सकिने, यसलाई कुंग फ्लू भन्न सकिन्छ’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओकलाहोमाबाट चुनाव प्रचार अभियान सुरु गरेका छन् । यो पहिलो अभियानमा ट्रम्पले चीनलाई चुनावी मुद्दा बनाए । उनले कोरोना भाइरसलाई १९ वटा नाम दिन सकिने र यसलाई कुंग फ्लू भन्न सकिने बताएका छन् । वास्तवमा कुंग फ्लू शब्द चिनियाँ मार्शल आर्ट ‘कुंग फू’ सँग मिल्दोजुल्दो छ ।
ट्रम्पले प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनमाथि निशाना साँधे । उनले बाइडेनलाई कट्टरपन्थी लेफ्ट खेमाका असहाय कठपुतली बताएका छन् । उनले भने, ‘यो खेमाले हामीलाई रोक्नका लागि हरेक दिन हिंसा, उत्पात र लुटपाट गरिरहेका छन् । दंगा गर्नेहरुलाई रकम प्रदान गरिरहेको छ । स्मारक, प्रतिमालाई उखेलेर हाम्रो इतिहास नष्ट गर्न चाहन्छ । उनीहरुले ती हरेक व्यक्तिलाई दण्डित गर्न चाहन्छ जो उनीहरुको मागसँग सहमत छैनन् ।’
सय मिनेटको भाषणा, समर्थकले तोडे सामाजकि दुरी
ट्रम्पले ओकलाहोमाको टुलसा शहरस्थित इन्डोर स्टेटडियममा करिब सय मिनेट भाषण दिए । स्टेडियममा धेरैजसोले मास्क लगाएका थिएनन् । उनीहरुले सामाजिक दुरीको पालनासमेत गरिरहेका थिएनन् । सावधानीस्वरुप प्रहरीले स्टेडियम प्रवेश अघि मानिसहरुको तापक्रम भने नापेका थिए ।
र्याली अघि ट्रम्पको अभियानसँग जोडिएका ६ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । र्यालीमा एक युवक बेहोस भएका थिए । ट्रम्पले भाषण रोकेर डाक्टर बोलाउन भने । स्टेडियमबाहिर प्रदर्शन गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरे । उनको टिसर्टमा लेखिएको थियो, ‘आई कान्ट ब्रिद ।’ यो शब्द संसारभरी रंगभेद विरोध प्रदर्शनको प्रतिक बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण