अमेरिकाद्वारा डिसेम्बरसम्म ‘एच–वान’ भिसा दिन नसक्ने घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ व्यक्तिलाई अमेरिकी कामदार भिसामाथि लगाइएको प्रतिबन्धलाई यो वर्षसम्मको अन्त्यसम्म जारी राख्ने बताएका छन् ।
ह्वाइट हाउसका वरिष्ठ अधिकारीका अनुसार यसले दक्ष जनशक्तिका लागि एच वान बी भिसा, कम्पनीभित्र कम्पनीलाई ट्रान्सफर गर्ने एल–वान भिसा, शिक्षा क्षेत्र र अनुसन्धान क्षेत्रका लागि प्रदान गरिने जे भिसा र मौसमी कमदारका लागि एच–२ बी भिसालाई प्रभावित पार्नेछ ।
यद्यपि, यो प्रतिबन्धमा खाद्य प्रशोधन क्षेत्रमा काम गर्ने व्यक्तिले भने छुट पाउन सक्छन् ।
ह्वाइट हाउसका वरिष्ठ अधिकारीले मिडियालाई गोपनियताको शर्तमा दिएको जानकारी अनुसार यो निर्णयले अमेरिकी जनताले कोरोना महामारीपछि छिटो काम पाउन मद्दत गर्नेछ ।
अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई जतिसक्दो छिटो काममा फिर्ता गराउन चाहन्छन् ।’
अमेरिकी राष्ट्रपति कार्यालयको अनुमान अनुसार भिसामा प्रतिबन्धका कारण पाँच लाख पच्चिस हजार जागिर अमेरिकी नागरिकका लागि उपलब्ध हुनेछ । यो कोरोना भाइरसको समयमा अमेरिकी बेरोजगारका लागि राहत हुनसक्छ ।
कोरोना भाइरसको संकटको समयमा डोनल्ड ट्रम्पले विदेशी नागरिकको स्थायी निवासको सुविधामा तत्कालीक रुपमा प्रतिबन्ध लगाउने घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।
कोरोनाभाइरसको संकटबाट पार पाउनका लागि अमेरिकी राष्ट्रपतिले हर सम्भव प्रयास गरिरहेका छन् ।
यद्यपि, विदेशी कर्मचारीमाथि धेरै निर्भर रहन कम्पनीले यो निर्णयको विरोध गर्ने अनुमान गरिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
-
कान्समा डेब्यू गर्दै आलिया
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही