अमित शाह र अरविन्द केजरीवाल आमने सामने !
एजेन्सी । दिल्लीमा कोरोना संक्रमितहरुको संख्या ७० हजार नाघेको छ । योसँगै भारतमा केन्द्र सरकार र राज्य सरकारबीच बिरामीहरुको परीक्षण गर्ने सन्दर्भमा फेरि मतभेद देखिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै कोरोना संक्रमितहरुलाई सरकारी अस्पतालमा लैजाने भन्ने केन्द्र सरकारको आदेश ठिक नभएको बताएका छन् । उनले कोरोना बिरामीहरुलाई जबर्जस्ती सरकारी अस्पतालमा लगिए त्यो १५ दिनको हिरासत जस्तै हुने दाबी गरे । उनले केन्द्रीय सरकारलाई यो नयाँ नियम फिर्ता लिन आग्रह गरेका छन् ।
अर्कोतर्फ दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बुधबार एक पत्रकार सम्मेलनमा भने–‘ दिल्लीमा होम आइसोलेसनको नियम परिवर्तन गरिएको छ, जनतामा डरको वातावरण छ र यसले राज्य प्रणालीमा थप भार समेत पारेको छ । हामी गृहमन्त्री अमित शाहलाई मध्यस्थता गर्न र यी नियमहरु फिर्ता लिन अनुरोध गर्दछौं ।’
सिसोदियाले भने– ‘अहिले दिल्लीमा दुईवटा मोडल देखिएका छन् । एउटा अमित शाह मोडेल र अर्को केजरीवाल मोडेल ।’ वास्तवमा मोडेलका कारण शाह र केजरीवाल आमने सामने भएका छन् ।
पहिलो मोडेल अन्तर्गत सबै बिरामीहरुलाई सरकारी अस्पताल वा क्वारेन्टाइन केन्द्रमा परीक्षण गर्न लैजानुपर्छ । दोश्रो मोडेल दिल्ली सरकारले अख्तियार गरिरहेको छ । जो केजरीवालको नेतृत्वमा देखिएको छ । दिल्ली सरकारको मोडेल अनुसार राज्यको मेडिकल टिम कोरोना बिरामीहरुको घर जानेछ र परीक्षण गर्नेछ । भारतभर अहिलेसम्म संक्रमणका कारण १४ हजार ८ सय ८४ जनाको मृत्यु भैसकेको छ भने ४ लाख ६५ हजार ५ सय ५३ जना संक्रमित देखिएका छन् । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण