पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेकका सेवा बन्द हुने

पोखरा – कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्न लागेको छ । एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार संक्रमित पुरुषको मृत्यु पछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिने भएको छ । आज एक दिनको लागि मात्रै अन्य सेवा बन्द गरिने उनले जानकारी दिए ।
शव व्यवस्थापन गर्दा संक्रमण फैलिन सक्ने हुँदा एक दिनको लागि ओपीडी बन्द गर्न लागिएको उनले जानकारी दिए । ‘ओपीडी र आइसोलेसन पनि नजिकै छ । शव व्यवस्थापन गर्दा संक्रमण नफैलियोस् भनेर आज एक दिनको लागि इमर्जेन्सी मात्रै खुल्ला गर्न भनेका हौं,’ उनले भने ।
गए राति ११ बजेर ३५ मिनेट जाँदा कोरोना संक्रमित पुरुषको ज्यान गएको थियो । उनको शव व्यवस्थापनको तयारी भई रहेको निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला