कतारबाट १ सय ५८ नेपाली स्वदेश फर्किए
युएई । कोरोनाभाइरसको महामारीका कारण कतारमा समस्यामा परेका एक सय ५८ जना नेपाली आज नेपाल फर्किएका छन् ।
हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन्।
आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो।
उनीहरुलाई सहजिकरण र बिदाइ गर्न दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण