नवलपरासीको ७ वटा पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख
परासी – पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७ रुपैया प्रस्तुत भएको छ ।
जिल्लाको यि ७ वटै स्थानीय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
सभाहरुमा रामग्राम नगरपालिकाकाले ८० करोड ५२ लाख ५६ हजार २०० रुपैयाँको अनुमाति बजेट प्रस्तुत गरेको छ भने सुनवल नगरपालिकाकाले ७६ करोड ३३ लाख ३७ हजार ५०९, बर्दघाट नगरपालिकाकाले ९६ करोड ८६ लाख १ हजार ५७० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
यता, पाल्हीनन्दन गाउँपालिकाले पनि ४३ करोड ३७ लाखको अनुमानति बजेट प्रस्तुत गरेको छ भने, सरावल गाउँपालिकाले ५३ करोड ९० लाख, प्रतापपुर गाउँपालिका ६९ करोड ८१ लाख ९६ हजार ०६८ रुपैयाँ र सुस्ता गाउँपालिकाले ६० करोड ९३ लाख ७६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । ७ वटै स्थानीय तहहरुमध्ये बर्दघाट नगरपालिकाको बजेट बढि रहेको छ ।
७ वटै पालिकाहरुले कोरोना रोकथाम, कृषि, स्वास्थ्य, पुर्वाधार विकास र स्वरोजगारका कार्याक्रमहरुलाई बजेटको प्राथमिकतामा राखेका छन् ।
यि ७ वटै पालिकाहरुले आ–आफनो गाउँ÷नगरको निति तथा कार्यक्रमहरु पनि प्रस्तुत गरेका छन् । कोरोनाले प्रभावित क्षेत्रमा विशेष लगानी र सहुलियत दिने गाउँपालिका तथा नगरपालिकाकाहरु निति तथा कार्यक्रममा उल्लेख रहेको सम्बन्धित पालिकाहरुले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण