मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थायी समितिमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : तीन पटक ताकेता गर्दा पनि भारतले सीमा विवादबारे चासो दिएन

शुक्रबार, १२ असार २०७७, १४ : ३१
शुक्रबार, १२ असार २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक यतिबेला बालुवाटारमा जारी रहेको छ । २ बजे खाजाको ब्रेकअघि ११ जना स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

अहिलेसम्म पम्फा भुषाल, घनश्याम भुषाल,बेदुराा भुषाल, मात्रिकाप्रसाद यादव, रघुवीर महासेठ, लिलामणि पोखरेल, प्रदीप ज्ञवाली, अमृत बोहरालगायत ११ जना स्थायी कमिटी सदस्यले धारणा राखेका छन् । बैठक अहिले भारतसँगको सीमा विवादमा केन्द्रीत भएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए ।

धारणा राख्ने अधिकांश सदस्यहरुले अतिक्रमित नेपाली भूभाग समेटिएको नेपालको नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई बधाइ दिएका थिए । साथै, सीमा समाधान गर्न अझ बढी प्रभावकारी कदम चल्न सुझाव पनि दिएका थिए । बैठकमा धारणा राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतलाई पटक–पटक सीमा समस्या समाधान गर्नका छलफलका लागि ताकेता गरे पनि भारतले बेवास्ता गर्दै आएको जानकारी दिएका थिए । ज्ञवालीका अनुसार नेपालले सेप्टेम्बर, अक्टोबर र डिसेम्बर महिनामा लगातार सीमा विवाद समाधानका लागि वार्ता गर्न प्रस्ताव गरे पनि भारतको तर्फबाट कुनै प्रतिक्रिया नआएको हो । आज धारणा राख्ने सदस्यहरुलाई १०–१० मिनेट समय दिइएको थियो ।

स्थायी समिति बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को बारेमा छुट्टै दस्तावेज प्रस्तुत गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओली अनुपस्थित

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् । यसअघि, मंसिरमा भएको चौथो स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । स्रोतका अनुसार बैठकमा अनुपस्थित भए पनि प्रधानमन्त्रीले आफ्नै कक्षबाट बैठकका कुरा प्रत्यक्ष सुनिरहेका छन् । रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले ब्रेकपछिको बैठकमा प्रधानमन्त्री पनि सहभागी हुने आशा व्यक्त गरे ।

आज स्थायी समिति बैठकको दोस्रो दिन हो । बैठकमा सदस्यहरुले सातवटा एजेण्डामा केन्द्रीत रहेर धारणा राख्नेछन् । बुधबार बसेको पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप