जापानले अस्वीकार गर्यो अमेरिकी प्रस्ताव
एजेन्सी । जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो ।
स्मरणरहोस्ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी ७ शिखर सम्मेलनमा भारत लगायत रुस, अष्ट्रेलिया र दक्षिण कोरियालाई पनि समावेश गर्न प्रस्ताव अघि सारेका थिए । उनले जी ७ लाई पुरानो करार दिएर यो विश्व्यापी परिदृष्यसँग मिल्ने प्रसंग भएको बताएका थिए ।
अमेरिका, बेलायत, जापान, क्यानडा, जर्मनी, फ्रान्स र इटाली पहिले देखिनै विश्वका सात प्रमुख अर्थव्यवस्थाको समूहमा सामेल छन् । एसियाबाट जापानाको मात्र प्रतिनिधित्व रहेको छ । न्युज एजेन्सीका अनुसार एसियाबाट पाएको यो विशेष दर्जालाई जापान गुमाउन चाहाँदैन । यो वर्षको जी ७ शिखर सम्मेलन यसै महिनामा आयोजना गर्ने तय भएपनि कोरोना महामारीका कारण सेप्टेम्बरमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण