आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानी स्टक एक्सचेन्जमा बन्दुकधारीको हमला, चारको मृत्यु

सोमबार, १५ असार २०७७, १२ : ५७
सोमबार, १५ असार २०७७

पाकिस्तानको सबैभन्दा ठूलो शहर कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जको भवनमा बन्दुकधारीले हमला गरेका छन् । यसमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

स्थानीय च्यानल र सोसल मिडियामा सेयर गरिएका तस्बिरमा स्टक एक्सचेन्जको भवनबाहिर प्रहरी र उद्दारकर्मीको वाहन देख्न सकिन्छ ।

यसबाहेक सोसल मिडियामा सेयर गरिएको तस्बिरमा स्टक एक्सचेन्जको भवनभित्र अस्तव्यस्तको स्थिती देखिएको छ । साथै भवनको सिँढीमा रगत पनि देखिएको छ ।

स्थानीय टिभी च्यानलले प्रहरीलाई उद्धृत गर्दैै हमलामा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ ।

सिन्धका गभर्नर इमरान इस्माइलले ट्वीट गरेर हमलाको विरोध गरेका छन् ।

उनले ट्वीटरमा लेखे, ‘पाकिस्तान स्टक एक्सचेन्जमा हमलाको कडा निन्दा गर्छु । यसको उद्देश्य आतंकविरुद्ध हाम्रो कठोर युद्धलाई बदनाम गर्नु हो । आइजी र सुरक्षा एजेन्सीलाई सुनिश्चित गर्न निर्देशन दिएको छ । पीडितलाई जीवित पक्राउ गरियोस् र उनका सञ्चालकलाई यस्तो सजाय दिइयोस् कि उदाहरण नै बनोस् । हामीले कुनै पनि मूल्यमा सिन्धको रक्षा गर्नेछौं ।’

स्टक एक्सचेन्जका निर्देशक अदिब अली हबीबले जोओ टिभीसँग हमलाकर्ता घवनको ट्रेडिङ हलमा प्रवेश गरेको र उनीहरुले गोलीबारी गरेको जानकारी दिए । उनका अनुसार मृतकमा स्टक एक्सचेन्जका एक सुरक्षाकर्मी पनि छन् ।

प्रत्यक्षदर्शीका अनुसार कम्तीमा तीन हमलाकर्ता भारी हतियारसहित स्टक एक्सचेन्जको भवनमा छिरेका थिए ।

कराँची स्टक एक्सचेन्ज देशको सबैभन्दा ठूलो स्टक मार्केट हो र यो कराँचीको सबैभन्दा व्यक्त हाइवेको एउटा कुनामा छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप