चीनको बेइजिङ नजिक हिबेईका चार लाख व्यक्ति लकडाउनमा
चीनले राजधानी बेइजिङ नजिकैको हिबेई प्रान्तमा कोरोनाका संक्रमित देखिएपछि कडा लकडाउन गरिएको छ ।
यो लकडाउनका कारण करिब चार लाख व्यक्ति प्रभावित हुनेछन् । यो लकडाउन हिबेई प्रान्तको एनशिनमा लगाइएको छ, जुन राजधानी बेइजिङ नजिक छ ।
गत वर्षको अन्त्यमा चीनबाटै कोरोना संक्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा संक्रमणको मामिला कम भइरहेको छ ।
तर संक्रमणको दोस्रो लहरको आशंकाका कारण कोरोनाका केही संक्रमित पनि सरकारलाई सतर्क गरिरहेको छ र चीनको स्वास्थ्य अधिकारीले यसलाई निकै गम्भीरताका साथ लिइरहेका छन् ।
हिबेईमा के भइरहेको छ ?
अधिकारीले आइतबारको घोषणा गर्दै एनसिनलाई पूर्ण रुपमा घेराबन्दी गरिने र यहाँ हरेक कुरा नियन्त्रण गरिने छ । अत्यावश्यक सेवासँग सम्बन्धित व्यक्तिलाई मात्रै बाहिर जाने अनुमती हुनेछ जबकी घरका आवश्यक सामान खरिद गर्नका लागि दिनभरी एक व्यक्ति मात्रै बाहिर निस्कन सक्नेछन् ।
कुनै पनि बाहिरी व्यक्तिलाई कसैको घर, कुनै समुदाय र कुनै गाउँमा जाने अनुमति दिइनेछैन ।
यदि नियमको उल्लंघन भए प्रहरीले ती व्यक्तिलाई सजाय दिइनेछ । एनशिन राजधानी बेइजिङबाट १५० किलोमिटर दक्षिणमा छ ।
दुई हप्ता अघि बेइजिङमा कोरोनाका नयाँ संक्रमित सुरु भएपछि एनशिन काउन्टीमा पनि १८ संक्रमित भेटिएका छन् ।
यी इलाका चीनको अन्य शहरको तुलनामा धेरै भीडभाडयुक्त छैन । तसर्थ स्थानीय स्वास्थ्य विशेषज्ञले यहाँ संक्रमण फैलनबाट रोक्न सकिने आशा व्यक्त गरेका छन् । बेइजिङमा कस्तो स्थिती छ ?
थुप्रै देशको तुलनामा कोरोना संक्रमितको संख्या चीनमा निकै कम छ । तर हालै राजधानी बेइजिङमा संक्रमणको संख्याले अधिकारी चिन्तित छन् ।
पछिल्लो २४ घण्टामा बेइजिङमा कोरोनाका १४ नयाँ संक्रमित भेटिएका छन् । जूनको मध्यबाट एक फूड मार्केटबाट सुरु भएको संक्रमणको संख्या अब बढेर ३११ पुगेको छ ।
यद्यपि, यो अमेरिका र अन्य थुप्रै देशको तुलनामा निकै कम संख्या हो तर बेइजिङको मामलामा चिनियाँ अधिकारीले संक्रमणलाई रोक्नका लागि तीब्र रुपमा कदम उठाए । बेइजिङको वरिपरिका थुप्रै इलाकामा विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको थियो । मानिसहरुको आवत–जावत सिमित गरिएको थियो र ठूलो परिमाणमा परीक्षण सुरु गरिएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण