चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु
बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका छन् ।
सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका कारण पुलहरु र राजमार्गमा क्षति पुग्नुका साथै केही सवारी साधन बाढीले बगाएको छ । स्थानीय उद्धारकर्मीका अनुसार मियानिङमा अरु १० जना बेपत्ता भएका छन् भने सात हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
दक्षिणी चीनमा जुन महिना शुरु भएलगत्तै भारी वर्षा भइरहेको र त्यसबाट सिर्जित बाढी र पहिरोले मानिसको मृत्यु हुनेक्रम बढेको छ । विपद व्यवस्थापन मन्त्रालयका अनुसार हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयले धनसम्पत्तिको क्षति, सडक अबरोध र अन्य किसिमका अबरोधका कारण दक्षिणी चीनका झण्डै १ करोड २० लाख मानिस प्रभावित भएको जनाएको छ । मन्त्रालयले करिब ७ लाख २० हजार मानिसलाई सुरक्षित स्थलमा स्थानान्तरित गरिएको बताएको छ ।
बाढी, पहिरोका कारणबाट दक्षिण चीनमा हालसम्म करिब ३ अर्ब ६० करोड डलर बराबरको क्षति पुगिसकेको पनि मन्त्रालयले जनाएको छ । स्थानीय टेलिभिजनमा प्रसारित फुटेजहरुमा पूरै गाउँ र खेती जलमग्न भएको देखिएको छ ।
चोङकिङ महानगरमा पनि पानीको सतह खतराको स्तरभन्दा झण्डै पाँच मिटर माथि देखिएको छ, र यो पछिल्ला वर्षको उच्चत्तम रेकर्ड हो । चीन सरकारले बाढी पीडित नागरिकको उद्धार र राहतका लागि ठूलो बजेट विनियोजन गरेको जनाएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण