पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण
कराँची । बन्धुकधारीहरुले पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार आक्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आक्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ । कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिए । उनले आक्रमणकारी चार जनाको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिए । एएफपीका अनुसार आक्रमणकारीको गोली लागेर चार जना सुरक्षागार्ड, एक जना प्रहरी र एक व्यक्तिको मृत्यु भएको छ ।
कराँचीमा अपराध र राजनीतिक तथा जातीय हिंसाबाट प्रताडित रहने गरेको छ । राजनीतिक संरक्षणप्राप्त बन्धुकधारीहरुले बेलाबखत विपक्षी नेताहरु तथा आवासीय क्षेत्रमा आक्रमण गर्ने गरेको इतिहास छ । तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षहरुमा निकै सुधार भएको छ । पाकिस्तानी सुरक्षाकर्मीले राजनीति आडमा संचालित आपराधिक गिरोह र इस्लामिक चरमपन्थीमाथि व्यापक कारबाही गरेपछि परिस्थितिमा सुधार आएको हो ।
पाकिस्तानमा अखडा बनाएका अल–कायदा र तालिबान समर्थित पाकिस्तानी लडाकूले पाकिस्तानका कुनै पनि क्षेत्रमा आक्रमण गर्ने सामथ्र्य राख्ने सुरक्षाविज्ञहरुको भनाई छ । स्थानीय महानगरका अधिकारीहरुका अनुसार गत साता पनि महानगरमा भेला भएका व्यक्तिमाथि लक्षित गरी एक आपराधिक समूहले गरेको ग्रिनेड आक्रमणबाट एक व्यक्तिको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।
सन् २०१८ मा पृथकतावादी लडाकू समूहले कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा दिउँसो गरेको आक्रमणमा चार जनाको ज्यान गएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण