मन्त्रिपरिषद् चार महिनादेखि अपुरो, मन्त्रालयको काम प्रभावित
काठमाडौं – एउटै पार्टीको स्पष्ट बहुमतप्राप्त वर्तमान सरकार विगत चार महिनादेखि अपुरो रहेको छ । चार महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय जस्तो महत्त्वपूर्ण निकाय दोहोरो मन्त्रीको भूमिकामा चलिरहेका छन् ।
दोहोरो भूमिका निर्वाह गरेका मन्त्रीले समय नदिँदा मन्त्रालयको काम कारबाही भने प्रभावित भएका छन् ।
मन्त्री नहुँदा मन्त्रालयको नियमित काममा समेत असर परेको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटा अडियो टेप प्रकरणमा विवादित भएपछि फागुन पहिलो साता राजीनामा दिएसँगै मन्त्रालय खाली छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मा पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई सुम्पिएका छन् ।
एउटै व्यक्तिले दोहोरो जिम्मेवारी निभाउनुपर्दा मन्त्रालयका काम कारबाही प्रभावहीन भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा तेस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२४’ सुरु
-
अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्यायो
-
सदस्य हेरफेरका लागि बागमती प्रदेशसभा बैठक शनिबार ११ बजे बस्ने
-
सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
-
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय
-
किसानले बुझाए कालीमाटी विकास समितिलाई ज्ञापनपत्र