रुकुम घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिलाई आग्रह
विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
समितिद्वारा सिंहदरबारमा आज आयोजित रुकुम घटनाबारे छलफलमा दलित समुदायका नेताहरुले रुकुम हत्या जातीय आधारमा भएको र दोषीहरुलाई राजनीतिक संरक्षणबिना हदै सम्मको कारवाही गर्न अनुरोध गरेका हुन् । सोही अवसरमा संयोजन पौडेलले सोती घटनामा संलग्नहरुलाई हदैसम्म कारवाही हुने गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रस्ट पारे ।
संयोजक पौडेलले रुकुम हत्याकाण्डको पक्षबाट सत्यतथ्य बाहिर ल्याउने ढङ्गबाट अध्ययन भएको बताउँदै दोषीहरुलाई कानूनबमोजिम कारवाही हुने बताए । सत्यतथ्यका लागि सबै पाटाबाट अध्ययन भएको बताउँदै उनले हदै सम्मको कारवाहीका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे । हत्याको चौतर्फी विरोध भएपछि सरकारले जेठ २६ गते सत्यतथ्य छानबिनका लागि नौ सदस्य समिति गठन गरेको थियो । समितिले रुकुम हत्या प्रकरणको स्थलगत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने गरी काम गरिरहेको छ ।
सोही अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक जीवन परियारले नरसंहारयुक्त घटनालाई राजनीतिकरण गरेर दोषीहरु उम्काउन खोजिएको आरोप लगाए । यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजसँगै पाँचजना उनका साथीहरुको पनि हत्या गरिएको थियो । सो घटनाको विरोधमा दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण