लेवान्डोस्कीको सिजनको ५० औँ गोल, बायर्नलाई कीर्तिमानी २० औँ जर्मन कप
रोबर्ट लेवान्डोस्कीले यो सिजन ५० गोल पूरा गर्दा बायर्न म्युनिखले बायर लेभरक्युजनलाई हराउँदै कीर्तिमानी २० औँ जर्मन कप उपाधि जितेको छ । यो बायर्नको १३ औँ डोमेस्टिक डबल हो ।
डेभिड अलाबाको फ्रिकिकको मद्दतले बायर्नले अग्रता लिएको थियो । सर्जी ग्नाब्रीले बायर्नको अग्रता दोब्बर बनाए । लेवान्डोस्कीले खेलको ५९ औँ मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । स्भेन बेन्डरले एक गोल फर्काउँदै लेभरक्युजनलाई आशा दिलाए पनि लेवान्डोस्कीले अर्को गोल थप्दै लेभरक्युजनको पुनरागमनको आशा चकनाचुर बनाए । पोल्याण्डका स्ट्राइकरले यो सिजन ४४ खेलबाट ५१ गोल गरेका छन् । खेलको इन्जुरी समयमा कार्य हाभेर्टजले पेनाल्टीबाट लेभरक्युजनका लागि अर्को गोल गरे पनि उक्त गोल सान्तवना गोल मात्र बन्यो ।
योसँगै बायर्न म्युनिखले लगातार २६ खेलमा अपराजित रहेको नयाँ क्लब कीर्तिमान पनि बनाएको छ । गत डिसेम्बरबाट अपराजित रहेको बयार्नले यो क्रममा मात्र १ खेल बराबरी गरेको छ । लागतार १७ औँ खेलमा जीत हासिल गरेको बायर्नका लागि यो पनि कीर्तिमान हो ।
उता, लेभरक्युजन भने फेरि पनि अभागी साबित भएको छ । क्लबले हालसम्म फाइनलसम्म पुगेर एक च्याम्पियन्स लिग, तीन जर्मन कप हारेको छ भने ५ पटक लिगको दोस्रो स्थानमा चित्त बुझाएको छ ।
अब बायर्न च्याम्पियन्स लिग जित्ने आशामा रहेको छ । अघिल्लो महिना अन्तिम १६ को पहिलो लेगमा बायर्नले चेल्सीलाई ३–० ले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण