रुसलाई उछिन्दै संसारको तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ९६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ । रुसमा १० दिनभित्र ६७ हजार ६ सय ३४ संक्रमित भेटिए भने भारतमा २ लाख ९ सय १९ बिरामी भेटिएका छन् ।
भारतमा ६.९५ लाख संक्रमित हुन १ सय ५८ दिन लाग्यो । भारतमा दैनिक औसतमा २२ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यहाँ जूनमा ३ लाख ८७ हजार ४ सय २५ संक्रमित भेटिए । यहाँ २१ जूनपछि हरेक दिन १५ हजार बढी संक्रमित भेटिएका छन् ।
रुसमा सबैभन्दा धेरै संक्रमित मेमा भेटिएः
रुसमा सबैभन्दा धेरै संक्रमित मे मा भेटिए । यो महिना यहाँ सबैभन्दा धेरै २ लाख ९१ हजार ४ सय १२ संक्रमित पुष्टि भयो । यहाँ ११ मे सबैभन्दा धेरै ११ हजार ६ सय ५६ संक्रमित भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण