बैंकले ब्रोकर लाइसेन्स पाउने भएपछि शेयर बजारमा उछाल, १४९ कम्पनीको मूल्य बढ्यो
मङ्गलबार, २३ असार २०७७, १५ : ४६
काठमाडौं । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरिएसँगै शेयर बजारमा उछाल देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब ३८ अंकले बढेर १३३६ अंकमा पुगेको हो । अघिल्लो दिन पनि करिब ३३ अंकले बढेको थियो । सो दिन कारोबार रकम समेत बढेर १ अर्ब २१ करोड रुपैंया पुगेको छ ।
मंगलबारको कारोबारमा सबै परिसूचक र उपसुचकसहित नेप्से परिसूचक २.९२ प्रतिशतले बढेको छ । उपसूचकमध्ये सबैभन्दा बढी होटल परिसूचक ८.८८ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा ६.६२ प्रतिशतल बढ्दा अन्य परिसूचकको वृद्धिदर भने औसत नजिक नै देखिएको छ ।
सो दिन २३ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सो दिन १७८ शेयरको स्क्रिपको कारोबार हुँदा १९ वटाको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बराबर रहँदा बाँकी १४९ कम्पनीको शेयर मूल्य बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण