सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी : कम्तिमा १४ जना बेपत्ता, २ शव फेला, २ जना घाइते
अपडेट
गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।
खाँडिचौरभन्दा माथिको पुल बगाएको कारण प्रहरीहरु लामो बाटो भएर घटनास्थलसम्म पुग्नुपरेको थियो । घटनास्थलमा रहेका बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेका अनुसार पछिल्लो जानकारी अनुसार २ जनाको शव फेला परेको छ भने २ जना घाइते रहेका छन् । १४ जना हराइरहेका छन् । त्यस्तै, ११ घरमा पूर्णरुपमा क्षति भएको छ ।

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।
अपडेट
यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको स्थान नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ । ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।


तस्विरहरुः स्थानीयको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण