कवाडी बन्दै गाडी
विराटनगर – विराटनगर बसपार्कमा चार महिनादेखि थन्किएका बसका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका बसका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् ।
यातायात मजदुर घरमा भएका कारण रोकिएका गाडी ‘स्टार्ट’समेत गरिएको छैन । जसका कारण ब्याट्री बसिसकेको छ भने इन्जिनमा खिया लागिसकेको छ । बन्दाबन्दीको मार खेप्नुपरेका क्षेत्रमध्ये पर्यटनजस्तै यातायात क्षेत्रले ठूलो धक्का बेहोर्नुपरेपछि गाडीका सञ्चालकसमेत बसपार्क क्षेत्रमा आउनै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
बसपार्क टेक्न मन लाग्दैन, सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष राजन कँडेलले भने, “बसपार्कमा बस रोकिएनन् मात्रै दैनिक खर्चसमेत बढाइरहेका छन् । ” उहाँका अनुसार लामो समय रोकिएका गाडीको टायर, ब्याट्री, ब्यारिङ अनिवार्य फेर्नुपर्ने हुन्छ । इन्जिनमा आउने खराबीलाई मर्मत गर्नुपर्छ । बसपार्कका गाडी कवाडी बनिसकेको अध्यक्ष कँडेलको दाबी छ ।
विराटनगर बसपार्कबाट पाँच कम्पनीका छ सय गाडी देशका विभिन्न भागका लागि छुट्छन् । सुनौलो पूर्व यातायात प्रालिमा मात्र २५० भन्दा बढी गाडी आबद्ध छन् । त्यसबाहेक विराट मिनी यातायात, दिवा तथा रात्रि परिवहन सेवा, विराटेश्वर यातायात र सूर्योदय यातायातका गाडी विराटनगर बसपार्कलाई आधार बनाएर चल्ने गरेका छन् । सबै कम्पनीमा गरेर एक अर्ब २० करोड बराबरको लगानी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण