पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा
काठमाडौं । पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ । विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने निर्माण व्यवसायीको छवि बनाएको हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि कालोसूचीमा परेको हो । तर अहिले यो कन्स्ट्रक्सन छोरा सुमित रौनियारले सम्हालेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुसँग संयुक्त उपक्रममा रहेको बाम्ती जेभी समेत कालोसूचीमा परेको छ । अनुगमन कार्यालयका अनुसार हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु बाम्ती जेभी अनामनगरलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । पटक–पटक तोकिएको निर्माण कार्य पूरा गर्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको तथा आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप पप्पुलाई छ । साथै सरकारी स्रोतको दुरुपयोग गरेको पाइएपछि २ वटा आयोजनाले एकैपटक बाम्तीका विश्वास झा सहित रौनियारलाई कालोसूचीमा राखिएको हो ।
यस्तै सो कार्यालयले विजी कन्सट्रक्सन चांगुनारायण भक्तपुरका गौतम दुलाल र श्रीहरि सेतीदेवी जेभी मनहरि मकवानपुरका हरिहर चौलागाईलाई समेत एकवर्षका लागि कालोसूचीमा राखेको छ ।
विशेष गरी सडक विभागले निर्माण गरिरहेको हुलाकी राजमार्गको काम झण्डै २ दशकदेखि अलपत्र छ । नेपाल भारत सीमा नजिक सहज यातायात आवगमनका लागि निर्माण भइरहेको हुलाकी राजमार्गमा सरकारकै भाषामा भन्ने हो भने चरम लापरबाही हुँदै आएको छ ।
सो आयोजनाको योजना कार्यालय कपिलवस्तुले २ खण्डको काममा लापरबाही भएको ठहरसहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राख्न आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन