बाढीले गौर भन्सार जिल्ला प्रहरी कार्यालयसहित ३ सय बढी घर डुबानमा
रौतहट – पछिल्लो तिनदिन देखिको अविरल वर्षासंगै विभिन्न नदिमा आएको बाढीले रौतहटस्थित जिल्ला भन्सार जिल्ला प्रहरी कार्यालयसहित ३ सय भन्द बढी घर डुबानमा परेको छ ।
गौर चन्द्रपुर सडक खण्डको सबगढानजिक लचकामा पानी जमेर यातायात अवरुद्ध बनेको छ।
लालबकैया नदिको बाढिले इशनाथ नगरपालिका वडा १ र राजपुर नगरपालिका ८ मा ३ सय भन्दा बढी घर डुबानमा परेको हो ।
ईशनाथको बनजरहा गाउँको चारैतर्फ पनि जमेर ३ सय घर डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन ।
त्यसैगरी राजपुरको बालुवा टोलमा झन्डै २५ घर डुबानमा परेको छ। डुबानमा परेका बनजरहाका बासिन्दालाई गाउँको स्कुल लगायत सुरक्षित स्थानमा र बालुवाकालाई आफन्तको घरमा राखिएको प्रवक्ता श्रेष्ठले बताए ।
उता, सबगढा नजिक लचकामा पानी जमेर सनिवार रातिदेखि नै साना सवारी अवरुद्ध भएको छ भने ठुला गाडी चलेको छ । गौरस्थित जिल्ला भन्सार कार्यालय अगाडि तीन चारफिट सम्म र गौर मेनरोड तथा जिल्ला प्रहरी कार्यालयमा दुईफिट पानी जमेको प्रहरीले जनाएको छ ।
अविरल बर्षाले जिल्लाको दुईवटै ठुलानदी बागमती र लालबकैयामा पानी बढ्नेक्रम जारी छ ।
लालबकैया बागमतीको बाढीले कटहरिया,परोहा,पिपरा रजवाडा लगायत केही स्थानमा तटबन्धमा क्षति पुर्याईरहेकाले मर्मतको लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलि रवाना भैइसकेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी गराएका छन ।
अविरल वर्षा र बाढीको जोखिम केहिदिन अझै रहेकाले रौतहटका सिडियो बाशुदेव घिमिरेले जिल्ला बासिलाई सचेत रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण