बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

लोक गायक नबिनले तताए क्याम्प बजार

आइतबार, २५ भदौ २०७४, ११ : २१
आइतबार, २५ भदौ २०७४

झापा –  यहाँ स्थित साबिक तोपगाछि क्याम्पा बजारमा एक सांस्कृतिक कार्यक्रम आयोजना गरियो । बाढी पीडितको  सहयोगार्थ भुमिका फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा लोक गायक नविन पौडेलले बिभिन्न गीत संगति मार्फत उपस्थित सबैलाई नचाउन सफल भए ।

कार्यक्रममा सहभागी युवायुवती देखि बृद्धबृद्धासम्मले उनको गीतमा मनोरन्जन लिए । कार्यक्रममा उनले चर्चित लोक गीतहरु गाएका थिए । उनले ‘फुलेको तोरीलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो’ भो गीत घन्काउदा दर्शकले हुटिङ र तालीले साथ दिए । 

बिशेश गरि नेपालको पश्चिम क्षेत्रमा गाइने गीतहरु मार्फत चिनिदै आएका नविनले पुर्बको मानिसको पनि कार्यक्रम मार्फत मन जित्न सफल भए ।
कार्यक्रममा लोक गायिका भुमिका शाह, गायक हिमाल सागर, नायक रमेश उप्रेती, मोडल रिमा मगर, हाँस्यकलाकार सुबोध गौतम लगायत स्थानिय कलाकारको समेत प्रस्तुति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप