साउन १५ गतेदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’
काठमाडौं । ‘कोभिड–१९’को त्रास र पीडासँग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्देश्यले आगामी १५ गतेदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’ हुने भएको छ ।
उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्व गाईजात्राको अवसर पारेर ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको यो कार्यक्रम विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्महरु मार्फत सार्वजनिक हुन लागेको हो ।
कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्ड भित्र रहेर मनोरञ्जन प्रदान गराउन ‘गाईजात्रा विशेष कार्यक्रम’ डिजिटल माध्यमबाट बाहिर ल्याउन लागेको आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए ।
विश्व नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अवस्थामा आममानिसहरुमा देखिएको मनोसामाजिक असर न्यूनीकरणमा मद्धत पुर्याउने मनोवैज्ञानिक थेरापीको रुपमा कार्यक्रम लाभदायक हुने हाँस्यकलाकार मनोज गजुरेलले बताए । ‘कार्यक्रमको सुटिङ भैसकेको छ । साउन १५ गतेबाट एक सातासम्म प्रसारणमा जानेछ’ गजुरेलले थपे ।
कार्यक्रममा मनोज गजुरेल, यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्र, कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्कीको साथमा, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, सन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्मा लगायतको प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण