उत्कृष्ट संगीतकार बने सहदेव
काठमाडाैं-चाहाना मिडिया प्रालीका अध्यक्षसमेत रहेका संगीतकर्मी सहदेव कोइराला ‘ओएस नेपाल म्युजिक अवार्ड २०७४’ बाट सम्मानित भएका छन् । सर्वोत्कृष्ट ४३ विधामा प्रदान गरिएको अवार्डमा ‘मनै खाने रैछ तिम्रो रुप’ बाट सर्वोत्कृष्ट लोक दोहोरी संगीतकारको अवार्ड कोइरालाले पाएका हुन् ।
विगत एक दशकयता संगीत क्षेत्रमा सक्रिय कोइरालाले शब्द र संगीत गरी साढे तीन सय गीत तयार गरिसकेका छन् । लोकदोहारी र सुगम संगीत दुवै विधामा कोइराला एक कुशल गीतकार एवं गीतकारका रुपमा परिचित छन् ।
कोइरालासँगै ओएस नेपाल म्युजिक अवार्डअन्तर्गत ‘मलामी’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड पुष्कल शर्माले हात पारे भने गीतकारको अवार्ड ‘जवानीमा धक्का’बाट कस्तुपराज पन्तलाई प्रदान गरियो ।
सम्पादक दिपक विष्टले सर्वोत्कृष्ट सम्पादन अवार्ड हात पारे । २०७३ वैशाखदेखि २०७४ असारसम्म सार्वजनिक भएका गीतसंगीतका विभिन्न ४३ विधाको सर्वोत्कृष्ट पाँचभित्र परेका रचनाका सर्जकलाई आर्मी अफिसर क्लबमा शुक्रवार भव्य कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण