धारिलो हतियारसहित दुई जना पक्राउ
शनिबार, ०३ साउन २०७७, १२ : २६
कैलाली । धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलेसन्नी नेपाली र दिपेन्द्र भण्डारीलाई आज पक्राउ गरेको हो ।
गएराति धनगढी उपमहानगरपालिका १३ स्थित राजपुर बजारमा धनगढी उपमहानगरपालिका १३ बस्ने निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रयोग गरेर उनीहरु फरार रहेका थिए ।
प्रहरीले उनीहरुलाई स्थानीय बडहर भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जानकारी दिए ।
नेपालीको साथबाट १ थान खुकुरी र भण्डारीको साथबाट तरबार बरामद गरेको उनले बताए । उनले पूर्वरिसिइबीका कारण झैझगडा हुँदा हतियार प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस्तै अन्य फरार व्यक्तिहरुको समेत खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट
-
हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडीको लोकेसन पत्ता लगाए भूगर्भविदले
-
पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्
-
फिल्म निर्देशनबाट किन ‘ब्याक’ भए राजेश हमाल ?