धारिलो हतियारसहित दुई जना पक्राउ
शनिबार, ०३ साउन २०७७, १२ : २६
कैलाली । धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलेसन्नी नेपाली र दिपेन्द्र भण्डारीलाई आज पक्राउ गरेको हो ।
गएराति धनगढी उपमहानगरपालिका १३ स्थित राजपुर बजारमा धनगढी उपमहानगरपालिका १३ बस्ने निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रयोग गरेर उनीहरु फरार रहेका थिए ।
प्रहरीले उनीहरुलाई स्थानीय बडहर भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जानकारी दिए ।
नेपालीको साथबाट १ थान खुकुरी र भण्डारीको साथबाट तरबार बरामद गरेको उनले बताए । उनले पूर्वरिसिइबीका कारण झैझगडा हुँदा हतियार प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस्तै अन्य फरार व्यक्तिहरुको समेत खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण