फुच्ची जमुनाको ‘पैतालामा जिन्दगी’
आइतबार, २५ भदौ २०७४, १७ : ५९
काठमाडौं – फुच्ची जमुनाद्वारा लिखित गजल संग्रह ‘पैतालामा जिन्दगी’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ सँस्कृतिविद् एवं शताव्दी पुरुष सत्यमोहन जोशीले संग्रह सार्वजनिक गरे ।
कार्यक्रममा बरिष्ठ गीतकार उषा शेरचन, त्रिभुवन विश्वविद्यालयका नेपाली विभाग प्रमुख डा.खगेन्द्र लुईटेल, प्रकाशन संस्था बुलबुल प्रकाशनका अध्यक्ष एवं पत्रकार अच्युत घिमिरे, अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुजन वैद्य लगायतले लेखक फुच्चीको बारेमा बिभिन्न चर्चा गरे ।
कार्यक्रममा सँस्कृतिविद् जोशीले साहित्य सिर्जनामा युवापुस्ताको सहभागिता महत्वपूर्ण भएको बताए । ‘देशको कला, संस्कृति र सम्पदा राष्ट्रको पहिचान, यसलाई जोगाउने हाम्रो अभियान’ भन्ने मुलमन्त्र बोकेर राष्ट्रिय सम्पदा विकास समाज आएको अध्यक्ष माधब प्रसाद उप्रेतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण