नेपाली ब्राण्ड सोनमद्वारा त्रिवि शिक्षण अस्पताललाई पीपीई सहयोग
काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्राण्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ ।
कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन ।
कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई दिएको हो । ‘नेपाली ब्राण्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले भने ।
यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण