शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली ब्राण्ड सोनमद्वारा त्रिवि शिक्षण अस्पताललाई पीपीई सहयोग

आइतबार, ०४ साउन २०७७, १२ : ४३
आइतबार, ०४ साउन २०७७

काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्राण्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ । 

कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन ।

कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई दिएको हो । ‘नेपाली ब्राण्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले भने । 

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप