बंगलादेशमा कोरोना परीक्षणमा घोटालाः अस्पतालका मालिकसमेत १२ जना पक्राउ
सोमबार, ०५ साउन २०७७, ०६ : ५५
बंगलादेशमा कोरोनाभाइरसको परीक्षणमा ठूलो घोटाला भएको खुलासा भएको छ ।
घटनाबारे पर्दाफास भएपछि ढाकाको एक अस्पतालका मालिकसमेत १२ भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरुमाथि हज्जारौं बिरामीलाई परीक्षण नै नगरी नेगेटिभ सर्टिफिकेट प्रदान गरेको आरोप लागेको छ ।
जून महिनाको अन्तिमसम्म हरेक दिन १८ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाइएको थियो तर पछिल्लो दुई हप्तामा १० हजार व्यक्तिको मात्रै कोरोना परीक्षण हुन सकेको छ ।
विशेषज्ञका अनुसार घोटालाबारे तथ्य सार्वजिनक भएपछि जनताको परीक्षणमाथि शंका बढेको छ ।
बंगलादेशमा २ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ भने २ हजार ६ सय १८ व्यक्तिको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण