फिल्म ‘चिसो वर्ष’ ले पायो एक करोड रुपैयाँ
काठमाडौं । तीन वर्ष अगाडि प्रदर्शित फिल्म ‘कालो पोथी’ बनाएका निर्देशक मीनबहादुर भाम नयाँ फिल्म ‘चिसो वर्ष’ को तयारीमा छन् । दुई पात्रको हिमाली यात्राको कथा रहेको ‘चिसो वर्ष’ आउँदो वैशाखबाट छायांकनमा जाने तयारी भइरहेको छ ।
निर्माण नहुँदै चर्चामा रहेको फिल्म ‘चिसो वर्ष’को पटकथाले करिब १ करोड ३ लाख नेपाली रुपैयाँ बराबरको नगद प्राप्त गरेको छ । उक्त रकम इस्तानबुलमा आयोजित ‘टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब’ले प्रदान गरेको हो ।
यो ‘अन्तर्राष्ट्रिय सह–निर्माण’का लागि फिल्मलाई प्रदान गरिने आर्थिक अनुदान हो । फिल्मलाई आर्थिक अनुदान प्राप्त भएकोमा निर्देशक भामले खुसी व्यक्त गरेका छन् । नेपाल–टर्कीको सह–निर्माणमा बन्न हुन लागेको ‘चिसो वर्ष’को गत वैशाखबाट छायांकनमा जाने तयारी निर्देशक भामको थियो । तर, कोरोनाको कहरका कारण छायाँकन सुरु हुन सकेन ।
फिल्मले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार प्राप्त गरिसकेको छ । निर्देशक मीनका अनुसार, फिल्मले हिमाली गाउँको कथा भन्नेछ । बहुपति प्रथाको पृष्ठभूमिमा पेमा र लामाको यात्रा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण