लकडाउनमा भारतबाट २८ महिलाको उद्धार, १३ आरोपी पक्राउ
काठमाडौं । लकडाउन शुरु भएपछि नेपालबाट विभिन्न प्रलोभनमा परेर भारत पुगेका २८ जना महिलाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले भारतबाट उनीहरुको उद्धार गरेको हो ।
तेस्रो मुलुकमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत पु¥याएर बन्धक बनाएर राखिएका ६ जना महिलालाई दिल्लीको बुरारी जोरदाबाट ३० जुलाईमा उद्धार गरिएको व्यूरोले जनाएको छ ।
दिल्लीमा सक्रिय नेपाली देशभक्त आवाज र काठमाडौंको शान्ति पुनस्र्थानिा गृहसँगको समन्वयमा बेचिएका महिलाको उद्धार गरिएको व्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए ।
यसैगरी असार ३१ मा व्यूरोले मनिपुरबाट २१ महिलालाई उद्धार गरेर नेपाल ल्याएको छ ।
यस्तै ‘जन्मदिन मनाइदिने’ भनेर ललाई–फकई काभ्रेको पनौतीकी ईशा श्रेष्ठको समूहले १३ बर्षिया किशोरीलाई भारत पुर्याएकोमा व्यूरोले जेठ २९ मा उनको पनि उद्धार गरेको थियो ।
मानव तस्करको गिरोहले भारत लैजाँदै गरेका १३ जनालाई नवलपरासी, कैलाली, सुनसरी र चितवन लगायतका जिल्लाबाट समेत उद्धार गरेको छ ।
बेचविखनमा संलग्न आरोपीहरुबारे अनुसन्धान भईरहेको व्यूरोले जनाएको छ । लकडाउन अवधिमा भारतमा नेपाली पुर्याउने १३ जनालाई पक्राउ गरिएको एसपी थपलियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण