मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

लकडाउनमा भारतबाट २८ महिलाको उद्धार, १३ आरोपी पक्राउ

सोमबार, ०५ साउन २०७७, १४ : ४४
सोमबार, ०५ साउन २०७७

काठमाडौं । लकडाउन शुरु भएपछि नेपालबाट विभिन्न प्रलोभनमा परेर भारत पुगेका २८ जना महिलाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले भारतबाट उनीहरुको उद्धार गरेको हो । 
तेस्रो मुलुकमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत पु¥याएर  बन्धक बनाएर राखिएका ६ जना महिलालाई दिल्लीको बुरारी जोरदाबाट ३० जुलाईमा उद्धार गरिएको व्यूरोले जनाएको छ । 

दिल्लीमा सक्रिय नेपाली देशभक्त आवाज र काठमाडौंको शान्ति पुनस्र्थानिा गृहसँगको समन्वयमा बेचिएका महिलाको उद्धार गरिएको व्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए । 

यसैगरी असार ३१ मा व्यूरोले मनिपुरबाट २१ महिलालाई उद्धार गरेर नेपाल ल्याएको छ । 
यस्तै ‘जन्मदिन मनाइदिने’ भनेर ललाई–फकई काभ्रेको पनौतीकी ईशा श्रेष्ठको समूहले १३ बर्षिया किशोरीलाई भारत पुर्याएकोमा  व्यूरोले जेठ २९ मा उनको पनि उद्धार गरेको थियो । 

मानव तस्करको गिरोहले भारत लैजाँदै गरेका १३ जनालाई नवलपरासी, कैलाली, सुनसरी र चितवन लगायतका जिल्लाबाट समेत उद्धार गरेको छ । 

बेचविखनमा संलग्न आरोपीहरुबारे अनुसन्धान भईरहेको व्यूरोले जनाएको छ । लकडाउन अवधिमा भारतमा नेपाली पुर्याउने १३ जनालाई पक्राउ गरिएको एसपी थपलियाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप