लामो समयदेखि फरार अभियुक्त धमाधम पक्राउ पर्दै
अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका छन् ।
प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार ई वर्गको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा ए र बी वर्ग थपेर बस्नेतले कीर्ते लाइसेन्स बनाएका थिए । अरु बेला अन्यत्रै लुकीछिपी बस्ने गरेका अभियुक्त बस्नेत बन्दाबन्दीका बेला आफ्नै घरमा आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । अदालतले कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरेको छ ।
झापा गाउँपालिका–५ का ३४ वर्षीय रुपनारायण शिवाकोटी दोस्रो विवाह गरेको अभियोगमा विसं २०७० चैत ९ गतेको फैसला बमोजिम झापा अदालतबाट एक वर्ष पाँच महिना कैद र रु १५ हजार जरिवाना तोकिएका अभियुक्त हुन् ।
विवाह गरी फरार रहेका शिवाकोटी पनि अरु बेला अन्यत्रै भागीभागी हिँड्दै आएका थिए तर बन्दाबन्दीका बेला घर आएका उनलाई आइतबार पक्राउ गरी अदालतमा हाजिर गराइएको छ । हाल उनी कैद भुक्तानका लागि कारागार चलान भइसकेका छन् ।
नागरिकता, हत्या, बलात्कारलगायतका थुप्रै मुद्दामा कैद तोकिएका फरार अभियुक्तहरु बन्दाबन्दीमा प्रहरीले पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । झापा जिल्लामा प्रहरीले गत एक वर्षमा ९० फरार अभियुक्त पक्राउ गरी उनीहरुबाट रु एक करोड सात लाख ७२ हजार २०० जरिवाना र जम्मा कैद ६१ वर्ष ११ महिना आठ दिन असुल गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण