नेकपा स्थायी समिति बैठक २ घण्टा पछि सर्यो
मङ्गलबार, ०६ साउन २०७७, ११ : ३८
काठमाडौं । ११ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित भएको छ।
यसअघि आइतबार ११ बजे बस्ने तय भएको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कुराकानीपछि ११ बजेको बैठक २ घण्टा पछि सारिएको बुझिएको छ ।
नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण