आइफोन एसई २०२० नेपाली बजारमा, मूल्य कति ?
काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्युनिकेशनले नेपालमा आइफोन एसई सार्वजनिक गरेको छ ।
नेपालमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको जेननेक्स्टले एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को विक्री वितरण गर्दै आइरहेको छ ।
आइफोन एसई ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध रहेको छ । सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिएका छन् जसले स्मार्टफोन प्रेमीहरु माझ उत्साहपूर्ण प्रतिक्षा जगाएको छ ।
यस्तो छ मुल्य सूची
मोडल जीबी मुल्य
SE ६४ ७०,०००
SE १२८ ७५,०००
SE २५६ ९६,०००
कम्पनीले ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याट बील लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि अनुरोध गरेको छ ।
कम्पनीका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा)। मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न कम्पनीले आग्रह गरेको छ ।
त्यसैगरी, खरिद गर्न लागेको उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि यो वेबसाइट लिंकमा धधध।नलभहतअयm।अयmरअजभअप(कभचखष्अभ(तबन गएर सिरियल नम्बर अथवा आइएमइआई नम्बर राखेर जाँच गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातृभूमिको विकास गर्न योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान
-
साउदी लिगको उपाधि अल हिलाललाई
-
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो