बजेट कार्यान्वयनमा अर्थमन्त्रीको पहल
काठमाडौं । बजेट कार्यान्वयनमा जुनसुकै अर्थमन्त्री पनि चुक्दै आएका छन् । वर्तमान अर्थमन्त्री युवराज खतिवडा यस मामिलामा सफल हुने आश गरिएपनि उनले तेस्रो पटक बजेट ल्याउँदा समेत आफैले ल्याएको बजेट कार्यान्वयनमा चुकेका छन् । बजेट लेखेर कार्यान्वयनमा लैजाने अवसर पाएका उनको पनि विगतका अर्थमन्त्री जस्तै भएको आलोचना हुँदै आएको छ । तर, यस पटक अर्थमन्त्री बजेट कार्यान्वयन समयमै गराएर खर्चमा सुधार ल्याउने पक्षमा छन् ।
हिजो (मंगलबार) मात्र उनले आफू मातहतका निकाय प्रमुखलाई मन्त्रालयमै बोलाएर बजेटका कार्यक्रम समयमै कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गर्भनर, अर्थमन्त्रालयका सचिवहरु, महाशाखाका प्रमुख, महालेखा नियन्त्रक, विभागीय प्रमुख र नियमनकारी निकायलाई मन्त्रालयमै बोलाएर अर्थमन्त्रीले आर्थिक वृद्धिलाई सामान्य अवस्थामा फर्काउने गरी काम गर्न भनेको मन्त्रालयका सहप्रवक्ता उत्तरकुमार खत्रीले बताएका छन् ।
अर्थमन्त्री डा. यूवराज खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका निकायहरुलाई समयमै बजेटमा उल्लेख भएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
कोभिड–१९ का कारण पुजीगत खर्चमा प्रगति हाँसिल गर्न नसकेपनि अर्थतन्त्र सन्तुलनमै रहेका बताउँदै शीघ्र आर्थिक पुनर्उत्थान हुनेगरी काम गर्न सम्झाए । उनले भने, ‘व्यापारघाटा, सोधानान्तर स्थिति, विदेशी मुद्राको सञ्चिती, मुद्रा स्फिती नियन्त्रण मै छ । अब शीघ्र आर्थिक पुर्नउत्थान र सामान्य आर्थिक बृद्धिमा फर्काउने गरी काम गर्नू ।’ अर्थ मन्त्रमालयमा गत आर्थिक बर्षको प्रगति समीक्षा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण