अपहरणको नाटक गरी होटलमा युवतीसँग बस्दै आएका व्यक्ति पक्राउ
काठमाडौं । ऋण तिर्नबाट जोगिने उद्देश्यले आफू अपहरणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार गत असार २४ गते काठमाडौं महानगरपालिका–४, चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी बेपत्ता भएका थिए ।
बिहान ६ बजे घरबाट निस्किएका उनी सम्पर्कविहीन भएर अपहरणमा परेको नाटक गरेको प्रहरीको भनाइ छ । महाशाखामा भने उनी अपहरणमा परेको भनेर यही साउन २ गते जानकारी गराइएको थियो । अपहरणमा परेको सूचनापछि खोजी गर्दा उनी काठमाडौंको नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीका साथ बसेको अवस्थामा फेला पारिएको महाशाखाले जनाएको छ ।
जग्गा व्यवसाय गर्छु भनेर कयौंसँग उनले करोडौँ रुपैया लिएको र पैसा तिर्नु नपरोस् भनेर आफू अपहरणमा परेको नाटक गरेको प्रारम्भिक बयान रेग्मीले दिएको प्रहरीको भनाइ छ । अपहरणमा नपरीकनै प्रहरीलाई झुटो सूचनामार्फत हैरानी दिइ राज्यका स्रोत–साधनको दूरुपयोग गराएकाले आवश्यक कारवाहीका लागि उनलाई सम्बन्धित कार्यालयमा पठाइएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण