कुलेखानीमा पानीको सतह बढ्यो

हेटौँडा – लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५.३६ मिटर पुगेको जनाइएको छ ।
कुलेखानी जलविद्युत् आयोजनाको पहिलो, दोस्रो र तेस्रो आयोजना पूर्ण रूपमा सञ्चालन हुँदा प्रतिघण्टा दुई सेन्टिमिटर पानीको सतह बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिए । उनका अनुसार आयोजनाबाट विद्युत् उत्पादन नहुँदा जलाशयमा प्रतिघण्टा आठ सेन्टिमिटर पानीको सतह बढ्छ । यो वर्ष आइतबारबाट अधिक पानी पर्दा जलाशयमा प्रतिघण्टा २० सेन्टिमिटरसम्म पानीको सतह बढेको थियो ।
गत वर्ष यही समयमा जलाशयमा पानीको सतह समुद्री सतहबाट एक हजार ५२६.२५ मिटर पुगेको थियो । जलाशय क्षेत्रमा गत वर्ष यो वर्षभन्दा बढी वर्षा भएकाले पानीको सतह बढी रहेको बताउँदै आयोजना प्रमुख यादवले यो वर्ष पनि जलाशयमा पानी जम्मा हुने क्रम राम्रो रहेको बताए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित आयोजनाको जलाशय इन्द्रसरोवर तालको समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमताको छ ।
सात मिटर लम्बाइको जलाशयमा आइतबार अनुपातमा मङ्गलबार जलाशयको सतह साढे तीन मिटर पानी बढेको थियो । मङ्गलबार साँझ ८ः०० बजेसम्म पानीको सतह एक हजार ५१४ मिटर ५३ सेन्टिमिटर पुगेको थियो । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट उत्पादन क्षमता छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण
-
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आयाे’
-
ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति