बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कसले जित्ला ‘आई लभ यु २’ को १ लाख ?

सोमबार, २६ भदौ २०७४, ११ : ५३
सोमबार, २६ भदौ २०७४

काठमाडौं – शुभ मिडिया होमले निर्माण गरेको काुर्टन्ज क्रुमाथी फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ अहिले चर्चामा छ । एक महिना अघि सार्वजनिक गीतमा बसन्त सापकोटको संगीत, दिनेश थपलियाको शब्द र सरोज ओलीको स्वरमा रहेको छ । केही समय अघि सार्वजनिक गीतले अहिलेसम्म ३४ लाख बढि दर्शक पाएको छ । 
चर्चासँग यो गीत माथी म्युजिक भिडियोको कभर डान्स प्रतियोगिता समेत राखिएको थियो । २० असोजसम्म सो गीतको कभर डान्स गरि युट्युबमा अपलोड गरेर त्यसको लिंक शुभ मिडिया होममा पठाउनु पर्ने हुन्छ ।
प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुबाट युट्युबमा धेरै भ्युअर्स र उत्कृष्ट डान्सको आधारमा गीतको कभर डान्समा सहभागी हुनेहरुको संख्या बढ्दै गएको गीतको प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी गराएको छ ।  प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुबाट युट्युबमा धेरै भ्युअर्स र उत्कृष्ट डान्सको आधारमा बिजेता घोषणा गरिनेछ । पुरस्कारको राशि १ लाख रुपैँया रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप