नेकपाका संस्थापक कर्माचार्यको सातौँ स्मृति दिवस आज
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवसका अवसरमा नेकपाका नेताहरुले कमाचार्यले नेपाली कम्युनिस्ट आन्दोलनमा उनले पुर्याएको योगदानको स्मरण गरेका छन् ।
नेता कर्माचार्यको सातौँ स्मृति कार्यक्रमका अवसरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुले ललितपुरको कुम्भेश्वरमा पुगेर उनको सालिकमा माल्यार्पण गरेका छन् ।

कर्माचार्यको शालिकमा माल्यार्णपण गर्न शुक्रबार बिहान प्रचण्डसहित बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु देव गुरुङ, पम्फा भुषाल लगायतका नेता–कार्यकर्ता शुक्रबार बिहान कुम्भेश्वर पुगेका थिए ।

यस्तै अर्का बरिष्ठ नेता झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यले कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र मार्ग दर्शनलाई आत्मसाथ गर्दै समाजबादको बाटोमा लम्कन सबैलाई हार्दिक आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण