बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एभरेष्ट आईडल युकेको फाइनल अक्टोबर २८ मा

सोमबार, २६ भदौ २०७४, १३ : ४१
सोमबार, २६ भदौ २०७४

काठमाडौं । बेलायतमा गायन प्रतिभाको खोजि ‘एभरेस्ट आइडल’ को सेमिफाईनल राउण्ड अडिसन सकिएको छ । पहिलो पटक ई मिडिया हब युकेद्वारा आयोजित विशेष प्रवासमा नयाँ प्रतिभाको खोजी र नयाँ प्रतिभालाई उजागर गर्ने उदेश्यले आईडलको आयोजना गरिएको आयोजकले जानकारी दिए । ‘ई मिडिया हब युके’ को प्रस्तुती भोईस अफ नेपाली डायस्पोरा एभरेष्ट आईडल युके–२०१७’ आश्फोर्डको नर्टोन नाचबुल स्कूल हलमा शनिबार भएको सेमीफाईनल राउण्डबाट उत्कृष्ट १४ प्रतियोगीहरु फाईनलमा छानिएका छन् ।

फाईनलका लागि छानिने उत्कृष्ट प्रतियोगीहरु क्रमशस् सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिप प्रकाश राई, किरन गुरुङ, प्रबेश राई, मार्गरेट लिम्बू, आईती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई,  सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् । अडिसन राउण्डबाट छानिएका प्रतिस्पर्धीहरुबिच भएको प्रतिष्पर्धाको निर्णायकहरुमा गायिका शर्मिला बर्देवा, गायक बिसी राई र अतिथी निर्णायक संगित बिज्ञ ईन्द्र गुरुङ रहेका छन् । प्रतिस्पर्धीबिच फाईनल राउण्डका लागी उत्कृष्ठ प्रतिभा चुन्ने जिम्मा दर्शकहरुको भोटिङबाट २५ प्रतिशत र निर्णायकहरुबाट ७५ प्रतिशत मत निहित आयोजकले जनाएको छ ।

आईडलको सेमिफाईलनमा २७ प्रतिस्पर्धीहरु विभिन्न स्थानबाट प्रतिस्पर्धामा सहभागी थिए । कार्यक्रमलाई न्यूलक्ष्मी ज्वेलर्स, पिपल मोर्गेज, देउकी राई, गोर्खा भिल्ला रेस्टुरेन्ट आश्फोर्ड, गोर्खा भिल्ला रेस्टुरेन्ट अल्डर्सट, काठ्माण्डु ज्वेलर्स, युरोपा फूड, निरा पिजि र पुन हिल ग्रोसारीले प्रायोजन गरेका थिए । आईडलको प्रतियोगिता कार्यक्रम मिस युके नेपाल २०१४ निया देवान र नबराज राईले संचालन गरेका थिए । एमरेस्ट आईडल युकेको ग्राण्ड फिनाले फाईनल राउण्ड भने आगामी २८ अक्टोबर २०१७ मा अल्डर्सटको एम्पायर हलमा हुने आयोजकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप