उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि
आइतबार, ११ साउन २०७७, १७ : ५०

धनुषा । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
त्यसैगरी १ जना न्यायाधीश र प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए । यसअघि उच्च अदालतका सहसचिव स्तरको एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको एक साता नबित्दै उच्च अदालतकै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता