बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २३ हजारभन्दा बढी
एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबार दुई हजार २७५ पुगेको छ । यससँगै बङ्गलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, ‘बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै बङ्गलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति सङ्क्रमित भएका छन् ।’
बङ्गलादेशले विगत २४ घण्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ । अहिलेसम्म निको भई घर फर्किने सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उनले बताए ।
अधिकारीका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।३१ प्रतिशत रहेको र अहिलेसम्म ५४.४४ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण