आफ्नै फिल्म मन नपराउने रेखा
एजेन्सी – बलिउडकी सदाबहार अभिनेत्री रेखाको जिवन पनि कुनै फिल्मभन्दा कम छैन । ७० र ८० को दशकमा बलिउडमा राज गरेकी रेखालाई सुपरस्टार मानिन्छ । तर, रेखाले आफूलाई कहिल्यै सुपरस्टार मानिनन् ।
उनले आफूलाई सधैँ एक कलाकारको रुपमा मात्र परिचित गराउँन चाहिन् । ४०० भन्दा बढी फिल्ममा काम गरिसकेकी रेखालाई करोडौं दर्शकको माया र सम्मान मिलेको छ । फिल्मका कारण नै चर्चाको शिखरमा रहिरहेकी रेखालाई भने कहिल्यै आफ्नो फिल्म हेर्न मन लागेन ।
रेखाले सन् १९६६ मा साउथ फिल्म ‘रंगुला रत्नम’ बाट करियरको सुरुवात गरेकी थिइन् । जीवनको ५४ औं वर्ष सम्मको यात्रामा कयौं यादगर फिल्म खेलेकी रेखाले तीन पटक फिल्मफेयर अवार्ड, एक पटक राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेकी छिन् । उनलाई भारतकै सबैभन्दा ठूलो चलचित्र पुरस्कार पद्यश्री समेत प्रदान गरिएको छ ।
रेखाको फिल्म ‘उमराव जान’ निकै चर्चित भयो । फिल्ममा उनको सुन्दरता, उनको अभिनय मन पराइयो र उनको नाम ‘उमराव जान’ नै राखियो । तर, अचम्मको कुरा के छ भने रेखालाई उक्त फिल्म मन नै परेन । उनले उक्त फिल्ममा कुनै विशेष रुप देखिनन् । उनले आफैले भारतीय एक मिडियालाई दिएको अन्तवार्तामा उक्त फिल्मलाई राष्ट्रिय पुरष्कार प्रदान गर्नुपर्ने कुनै कारण नभएको समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण