बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै फिल्म मन नपराउने रेखा

सोमबार, १२ साउन २०७७, ११ : ४३
सोमबार, १२ साउन २०७७

एजेन्सी – बलिउडकी सदाबहार अभिनेत्री रेखाको जिवन पनि कुनै फिल्मभन्दा कम छैन । ७० र ८० को दशकमा बलिउडमा राज गरेकी रेखालाई सुपरस्टार मानिन्छ । तर, रेखाले आफूलाई कहिल्यै सुपरस्टार मानिनन् । 

उनले आफूलाई सधैँ एक कलाकारको रुपमा मात्र परिचित गराउँन चाहिन् । ४०० भन्दा बढी फिल्ममा काम गरिसकेकी रेखालाई करोडौं दर्शकको माया र सम्मान मिलेको छ । फिल्मका कारण नै चर्चाको शिखरमा रहिरहेकी रेखालाई भने कहिल्यै आफ्नो फिल्म हेर्न मन लागेन । 

रेखाले सन् १९६६ मा साउथ फिल्म ‘रंगुला रत्नम’ बाट करियरको सुरुवात गरेकी थिइन् । जीवनको ५४ औं वर्ष सम्मको यात्रामा कयौं यादगर फिल्म खेलेकी रेखाले तीन पटक फिल्मफेयर अवार्ड, एक पटक राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेकी छिन् । उनलाई भारतकै सबैभन्दा ठूलो चलचित्र पुरस्कार पद्यश्री समेत प्रदान गरिएको छ । 

रेखाको फिल्म ‘उमराव जान’ निकै चर्चित भयो । फिल्ममा उनको सुन्दरता, उनको अभिनय मन पराइयो र उनको नाम ‘उमराव जान’ नै राखियो । तर, अचम्मको कुरा के छ भने रेखालाई उक्त फिल्म मन नै परेन । उनले उक्त फिल्ममा कुनै विशेष रुप देखिनन् । उनले आफैले भारतीय एक मिडियालाई दिएको अन्तवार्तामा उक्त फिल्मलाई राष्ट्रिय पुरष्कार प्रदान गर्नुपर्ने कुनै कारण नभएको समेत बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप