अमेरिकामा भ्याक्सिनको सबैभन्दा ठूलो ट्रायल सुरु
मङ्गलबार, १३ साउन २०७७, ०५ : ५०
कोरोनाभाइरसको भ्याक्सिन बनाउने क्रममा सोमबार संसारको सबैभन्दा ठूलो ट्रायल सुरु भएको छ । यो ट्रायलमा ३० हजार व्यक्तिहरुको सहभागिता रह्यो । संसारभरी कोरोना भ्याक्सिनको खोजका लागि कोसिस जारी छ । तीमध्ये जुन भ्याक्सिन अन्तिम चरणमा छन्, त्यसमा अमेरिका पनि समावेश छ ।
यद्यपि, अहिलेसम्म नेशनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड मोडर्ना इंकर्मात् बनाइएको यो भ्याक्सिनले साँच्चै नै कोरोनाबाट जोगाउँछ भनेर प्रमाणित भने भइसकेको छैन । परीक्षणमा सहभागी भएकाहरुलाई पनि वास्तविक भ्याक्सिन दिइएको हो वा नक्कली भ्याक्सिनले परीक्षण गरिएको भन्ने जानकारी दिइएको छैन ।
दुईवटा खुराक दिएपछि वैज्ञानिकले दैनिक कामकारवाहीका क्रममा कुन समूह बढी संक्रमित हुन्छन् भन्ने कुराको निकै सूक्ष्म तरिकाले अध्ययन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण