पाकिस्तानमा सशस्त्र झडप, ५ प्रहरीसहित ७ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा ५ प्रहरीसहित ७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मङ्गलबार बिहानै दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका आधारमा आपराधिक समूहका केही व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।
घटनामा अन्य सुरक्षाकर्मी पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनास्थलमा तत्कालै प्रहरीको अर्को टोली खटाई मृतक सुरक्षाकर्मी र अन्य दुई सर्वसाधारण शवलाई अस्पताल पु¥याइएको थियो ।
उक्त क्षेत्रलाई घेरा हाली प्रहरीले आक्रमणकारी समूहको खोजी गरिरहेको बताइएको छ । यद्यपि आक्रमणकारी घटनास्थलबाट भागेकोले समाचार तयार पार्दासम्म आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गर्न नसकेको बताइएको छ ।
घटनाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण