पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
बुधबार, १४ साउन २०७७, १३ : ०७

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
के तपाईंलाई थाहा छ, सिम कार्डको एउटा कुना किन काटिन्छ ?
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो