प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं – झापा भद्रपुर नगरपालिका–४ मन्त्रीचोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा भद्रपुर नगरपालिका–३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र सोही मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय रोशन माझी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १ः०० बजे प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकको किनारमा रोकी राखेको प्र.१.०१.०१२ प ६९२१ नम्बरको सुन्तला रङको केटीएम ड्युक मोटरसाइकललाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार व्यक्तिको झोला खानतलासी गर्दा NITROSUN- 10 लेखिएको कागजको ४ बट्टाभित्र रहेको ५ वटा पत्ताका दरले हरेक एक पत्तामा रहेको २० वटा चक्की (ट्याब्लेट गरी ४०० वटा चक्की र CODEINE ESKUF 100 ML लेखिएको ५० बोतल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण