खुले दामनका होटल
दामन । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल चार महिनाको बन्दाबन्दीपछि आजदेखि खुलेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए ।
सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार आजबाट दामनका होटल खुलेका हुन् ।
एशोसिएशनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एशोसिएशनमा आवद्ध होटल स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । वर्षायाम भएको र अझै लामो दूरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको सङ्ख्या कम हुने भएपनि आन्तरिक पर्यटनमा सहयोग पु¥याउन होटल पुनःसञ्चालनमा ल्याइएको एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण