सिरहा र गुल्मीमा २ शव फेला
बिहीबार, १५ साउन २०७७, १४ : २२
सिरहा । सिरहा नगरपालिका–१० पदमपुरमा आज बिहान एक जनाको शव फेला परेको छ । पदमपुरबाट नरैया जाने सडक खण्डको कल्भर्टमा स्थानीयवासी ५१ वर्षीय झगरु मुखियाको शव फेला परेको हो । कल्भर्टमुनि स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
तम्घास– गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलमा एक शव फेला परेको छ । स्थानीयवासी ३२ वर्षीय लक्ष्मण घर्तीको शव आज बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
साउन ८ गतेदेखि परिवारबाट सम्पर्कविहीन घर्ती धुर्कोटकोट नजिकै मृतावस्थामा भेटिएका हुन् । घटनाको कारण अझै खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण