जसपाको पहिलो प्रशिक्षणः एक हजार रुपैयाँ तिरेपछि मात्र सहभागी हुन पाइने
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । सो पार्टीले कार्यकारणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकरीलाई साउन २१ गतेदेखि २४ गतेसम्म पार्टीको सैद्धान्तिक अवधारणाको बारेमा ४ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा हुने सो प्रशिक्षण कार्यक्रममा पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी संगठन र यसको कार्यपद्धति, वर्तमान राजनीतिक अवस्था र अगामी कार्यभारलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
प्रशिक्षण सम्पन्न भएपछि २५ र २६ गते कार्यकारी समितिको बैठक बस्ने र सो बैठकबाट आवश्यक निर्णयहरु लिने बताइएको छ । पार्टी गठन भएपछि जसपा नेपालको यो पहिलो कार्यक्रम हो । बैठकमा पार्टी समायोजन, कार्यविभाजन, संगठनात्मक कार्ययोजना, राजनीतिक कार्ययोजना लगायत विभिन्न विषयहरुमा छलफल हुने कार्यकारी समितिका सदस्यहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि पार्टीले नाम दर्ता शुल्क एकहजार रुपैयाँ तोकिएको छ । एक हजार रुपियाँ तिरेर नाम दर्ता गराएका सदस्यहरु मात्र त्यसमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भइ जसपा नेपाल बनेको हो । ५१ सदस्यीय कार्यकारिणी समिति बनेको छ । पार्टीमा सबै समायोजनका काम बाँकी नै रहेका छन् । पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष रहेका छन् भने डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण