चाँदीलाई सुन बनाएर राजस्थान लैजाने योजना
काठमाडौं । साढे १४ किलो चाँदी र आधाकेजी सुन बरामद प्रकरणमा अनुत्तरित प्रश्न थियो,‘चाँदीलाई किन सुन बनाइयो ?’ मंगलबार डिएसपी रञ्जन दाहाल नेतृत्वको अप्रेशन टीमलाई सो सुन चाँदी तस्कर समूहले सुन्धाराको पुलमा दिएर बा.६च ५५१९ नम्बरको स्कोर्पियोमा भागे ।
आरोपीको बयान र प्रहरीको अनुसन्धानबाट खुलेको छ, सुन कारोबारीले योजनाबद्ध रुपमै चाँदीलाई सुन बनाए । र, त्यो सुन लिएर भारत जाँदै थिए । जलप लगाउने जिम्मा लिएका थिए, देवान पटेल र उनका भाइ कौशल पटेलले ।
देवानको सम्पर्क राजस्थानका सुन व्यापारीसँग थियो । उनीहरु हुन्, निलेश सखिया र संजय पटेल । उनीहरुले नै देवानलाई चाँदीमा जलप लगाउने जिम्मा दिए । सो कुरा, देवानका भाइ कौशलाई थाहा थियो ।
कौशलले दरबारमार्गमा कार्यरत सीआरभी (कम्प्याक रिक्रेशनल भेहिकल)का चालक प्रहरी जवान बहादुर सिंह कठायतलाई चिन्थे । कठायतलाई आर्थिक प्रलोभनमा पारेर कौशलले सुन लुट्ने योजना बनाए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार कठायतलाई चाँदीमा सुनको जलप लगाएकोे थाहा थिएन । सुन लुटेर एक किलो आफूले राख्ने अनि, बाँकी कौशललाई फिर्ता दिने सहमति थियो ।
कौशल र देवानले सुनचाँदी भारतीय व्यापारीको हातबाट लुटेर लाखौं कमाउने सपना देखे । न्यूरोडको सुन पसलमा काम गर्ने मनिष मल्लिकले जलप लगाएको चाँदी नागपोखरी स्थित एउटा अपार्टमेन्टमा स्टोर गरियो । सुन ४२ लाख र चाँदी १५ लाखको थियो ।
कठायतले ‘सुन’ काठमाडौंबाट भारत लान खोजेको सूचना दरबारमार्ग वृत्तमा सादा पोशाकमा कार्यरत प्रशन्न श्रेष्ठसँग भने । श्रेष्ठले डिएसपी दाहाललाई सुनाएपछि कौशलको सूचना फलो गर्दै प्रहरी अप्रेशन शुरु भयो । तर, अप्रेशन बिवादित बनेको छ । प्रहरी जवान बहादुरसिंहले सुन्धाराको पुलमा छुट्टै एक केजी ‘सुन’ सहित सुनको झोला लिएर स्कोर्पियो भगाएको अनुसन्धानबाट खुलेको छ ।
मिशन राजस्थान
गुजरातका सुन व्यापारी निलेश सखिया र संजय पटेल वीरगञ्जसम्म भारतीय नम्बर प्लेटको गाडीमा आए । बाराका इल्ताफ हुसेन अन्सारीसँग उनीहरुको पुरानो दोस्ती थियो । वीरगञ्जमा आफ्नो गाडी छाडेर निलेश र सखिया इल्ताफको बा.६च ५५१९ नम्बरको स्कोर्पियोमा काठमाडौं आए ।
इल्ताफ पनि उनीहरुसँगै काठमाडौं आएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । यो प्रकरणमा जोडिएका संजय पटेल र इल्ताफ हुसेन अन्सारी फरार छन् ।
सो समूहले सुनको जलप लगाएको चाँदी राजस्थान लैजान लागेको प्रहरीसँगको बयानमा भनेका छन् ।
राजस्थानमा पछिल्लो सयम चाँदीलाई सुन बनाएर ठग्ने अपराध ट्रेन्ड विकास भएको छ । ठगको गिरोहले सुन लेपन गरेको चाँदीलाई खाल्डो खनेर गाडछन् । अनि, केही दिनमा खन्दा भेटिएको सुन भनेर धनाढ्य हरुलाई बेच्छन् । धनाढ्य ठगिन्छन् । त्यसका लागि आधाकिलो सक्कली सुन स्याम्पल बोकेर हिँडेको बताइएको छ ।
अनि, पेस्तोल ?
गुजरातको चाँदी बेचेर ठग्ने अपराध नेपालका डलर लुटेराले कागजको बिटो बनाएर ठगेजस्तै हो । धनाढ्य सुन किन्न आउँछन्, सुरुक्क पैसा दिएर हिँडेमा मिसन सफल ।
अन्यथा, अरुकुरा गर्न थाले लुटेरा समूहले पेस्तोल देखाएर पैसा लुटेर भाग्छन् । सो प्रयोजनका लागी तस्कर समूहले दिएको झोलामा दुईथान चाईनिज पेस्तोल फेला परेको सुन तस्करी अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । संजय, निलेश र इल्ताफ सो योजनामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

